रुसमा २१ औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।
गोल्डेन बल – लुका मोड्रिच
टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाएका छन् ।
रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएसियाली टिमको नेतृत्व गरेका थिए ।
गोल्डेन बुट – ह्यारी केन (६ गोल)
विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए उनले विश्वकपमा सर्बाधिक ६ गोल गरे । ह्यारी केन अवार्ड वितरण समारोहमा उपस्थित थिएनन् ।

गोल्डेन ग्लोभ्स – थियागो कोट्वा (बेल्जियम गोलरक्षक)
विश्वकपको उत्कृष्ट गोलरक्षक बेल्जियमका थियागो कोट्वा बने । चेल्सीका स्टार गोलरक्षक कोट्वाले विश्वकपमा उत्कष्ट प्रदर्शन गरेका थिए । बेल्जियमले भने विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

योङ प्लेयर अवार्ड – केलियन एम्बाप्पे (फ्रान्स)
यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।
विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका छन् । पेलेले सन् १९५८ को विश्वकप फाइनलमा स्विडेनविरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?