रुसमा २१ औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।
गोल्डेन बल – लुका मोड्रिच
टिमले उपाधि जित्न असफल भए पनि क्रोएसियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पुरस्कार पाएका छन् ।
रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएसियाली टिमको नेतृत्व गरेका थिए ।
गोल्डेन बुट – ह्यारी केन (६ गोल)
विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए उनले विश्वकपमा सर्बाधिक ६ गोल गरे । ह्यारी केन अवार्ड वितरण समारोहमा उपस्थित थिएनन् ।

गोल्डेन ग्लोभ्स – थियागो कोट्वा (बेल्जियम गोलरक्षक)
विश्वकपको उत्कृष्ट गोलरक्षक बेल्जियमका थियागो कोट्वा बने । चेल्सीका स्टार गोलरक्षक कोट्वाले विश्वकपमा उत्कष्ट प्रदर्शन गरेका थिए । बेल्जियमले भने विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

योङ प्लेयर अवार्ड – केलियन एम्बाप्पे (फ्रान्स)
यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।
विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका छन् । पेलेले सन् १९५८ को विश्वकप फाइनलमा स्विडेनविरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)