पोखरा । गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङसहित मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले माग गरेको छ ।
आदिवासी जनजाति संघर्ष समिति गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकारसँग माग गरेको हो । गणेश ठाकुरको संयोजकत्वमा गठित भाषा आयोगले गण्डकी प्रदेशमा गुरुङ र मगर तथा देशको दक्षिणी भेगमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेकाले सोहि अनुसार आवश्यक ऐन, कानून बनाई कामकाजको भाषा घोषणा गर्न समितिको माग छ ।
समितिले नेपालको संविधानको धारा ३१ को उपधारा ५ ले प्रत्येक नेपालीलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हकको ज्ञारेन्टी गरेकाले सो अनुसार मातृभाषामा पठनपाठनको व्यवस्था गर्नपनि माग गरेको छ । त्यसैगरी प्रदेश स्तरमा भाषा आयोगको शाखा स्थापना गर्न समितिको माग छ । उसले थातथलो, गाउँबस्तीको नाम पुनः मातृभाषामा नामाङ्कृत गर्नपनि समितिले माग गरेको छ ।
समितिले मातृभाषा, साहित्य, कला, संस्कृति संरक्षण, सम्बद्र्धन, खोज अनुसन्धान र विकासका लागि पालिका स्तरमा प्रज्ञाप्रतिष्ठान गठन गर्नपनि माग गरेको छ । समितिले संविधानको धारा ५५ को ५ मा सामाजिक, सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने व्यवस्था भएको भन्दै सोअनुसार तत्काल विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्नपनि माग गरेको छ ।
समितिले सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै शितल पाण्डे भनिने भगवती पाण्डेलाई कारवाही गर्न मागपनि गरेको छ ।
समितिले पोखराको पृथ्वीचोकमा रहेको प्रथम सहिद लखन थापाको शालिक हटाउने वा थापामाथि अपमानित हुने खालको गतिविधि भए प्रतिकार गर्ने चेतावनी दिएको छ । सो चोकमा थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक राख्ने प्रयास विभिन्न समूहले गर्न थालेपछि आदिवासी जनजाति संघर्ष समितिले यस्तो चेतावनी दिएको हो । उसो त पोखरा महानगरपालिकाले पृथ्वीचोकको शालिक पोखरा–१८ स्थित विभूती पार्कमा स्थानान्तरण गर्ने तयारीसमेत गरिरहेको छ । यसैलाई मध्यनजर गर्दै संघर्ष समितिका सहसंयोजक हुमबहादुर तमुले पुरानो शालिक यथावत राखेर बाँकी शालिकलाई मात्रै विभूतीपार्कमा राख्नुपर्ने बताए । उनले भने,‘प्रतिगमनतर्फ धकेल्न खोज्नेले चलखेल गरेको छ कि भन्ने हामीलाई शंका छ । परिवर्तनसँग जोडिएको, आन्दोलन र अधिकारसँग जोडिएको, ईतिहाससँग जोडिएको विषयमा केटाकेटी खेलेझैं ख्यालख्याल गर्न हुँदैन । थापाको शालिक साविकमै राखेर अन्यलाई विभुती पार्कमा राखेर निकास खोज्नुपर्छ ।’
संघर्ष समितिका संयोजक धर्मबहादुर तमुले माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिए । हामी शान्तिपूर्ण रुपमा माग राखिरहेका छौं,उनले भने,‘संविधानले नै दिएका कुरा सरकारले पूरा गर्नुपर्छ । अन्यथा माग पूरा गर्न हामी आन्दोलनमा जानुको विकल्प छैन ।’

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो