तनहुँको भिमादस्थित सेती नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकाेमा पाेखराकी रमा थापा रहेकाे खुलेकाे छ ।
पोखरा महानगरपालिका वडा नं. ३२ सातमुहाने देउराली बस्ने बर्ष ३३ की रमा भिमाद नगरपालिका–६ घुमाउनेस्थित सेती नदी किनारमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिए ।
उनको शव मंगलबार बिहान मात्र खोलाले बगाएर ल्याएको जस्तो अवस्थामा वे बेवारिसे फेला परेको थियो। हातमा गोपाल र रमा लेखेको महिलाको शव नग्न अवस्थामा फेला परेकोमा साेहि नामकाे कारण शव पहिचानमा सहज भएकाे हाे ।
थापा आइतबार बिहान ११ बजेदेखि परिवारबाट सम्पर्कविहीन थिइन् । परिवारले सोमबार पोखरास्थित डाँडाको नाक प्रहरी चौकीमा खोजी गरिदिन निवेदनसमेत दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
फेवातालको सीमांकन सकिन लाग्योः मेयर आचार्य
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग