गत वर्ष भदौ १६ गतेदेखि पोखरामा निजीक्षेत्रसँगको साझेदारीमा सार्वजनिक शौचालय अवधारणा अघि सार्दै केही स्थानमा बोर्ड टाँस गरी शुरु भएको घोषणा पनि गरियो । तर, अहिले कहाँ सार्वजनिक शौचालय छ ? पत्तो छैन । पोखरा वडा नं. ८ स्थित सिर्जनाचोकमा भने वडाले नै निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
आकाशेपुल ठ्याक्कै मुनि निर्मित शौचालय सानो टीनको बाक्सा जस्तो देखिन्छ तर सुविधाको हिसाबले उच्च स्तरको छ । जहाँ बच्चालाई डाईपर वा न्याप्कीन फेर्ने ठाँउ, हात धुने ठाँउ, महिलाका लागि आवश्यक स्यानिटरी प्याड राख्ने ठाँउ र फोहोर फाल्ने डस्टविन छन् । त्यहीभित्र दिशा पिसाव गर्ने प्यान छ ।
पोखरा महागनरपालिका वडा नम्वर ८ ले ६ लाख ८ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरेपछि दिसा पिसावका लागि भोग्नु परेको समस्या समाधान भएको छ ।
शौचालय अपांगमैत्री समेत रहेको छ । वडा अध्यक्ष रुद्रनाथ बरालले पर्यटकीय सहर पोखराको व्यस्त चोकमा निर्माण गरिएको सार्वजनिक शौचालयले अब सबैलाई सहज हुने विश्वास व्यक्त गरे । यसले गर्दा सडकमा हिँड्ने बटुवा र पार्क आउनेहरुलाई पिसाब लाग्दा चिनेका व्यक्तिको घर तथा खाजा खाने होटल खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।

शौचालयको बुधबार बिहान पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दैसार्वजनिक शौचालय पोखराको मुख्यचोकमा आवश्यक रहेको भएपनि जग्गाको समस्याले निर्माण हुन नसकेको अवस्थामा पोखरा ८ ले निर्माण गरेको बताइन् ।
सानो छ तर सबै सुविधाको व्यवस्था रहेको छ उनले भनिन्– अपांगमैत्री, महिलाका लागि सेनेटरी प्याडको बक्स, बच्चाका लागि डाइपर फेर्न मिल्ने लगायतका सुविधा रहेकाले यो महिलामैत्री, बालबालिका लागि समेत उपयुक्त छ । यसले नागरिकलाई सहज हुनेछ ।
पोखराका अन्य ठाँउमा पनि व्यवस्थित शौचालयको आवश्यकता रहेको भन्दै उनले थपिन्– सार्वजनिक शौचालय बनाउने विषयमा त्यसको उचित व्यवस्थापन नहुँदा गन्धका कारण स्थानियले घर नजिकै बनाउन नदिने अवस्था सृजना हुने गरेको छ । यो शौचालयको व्यवस्थापन राम्रो हुनेछ । र, अन्य स्थानमा बनाउँदा पनि सहजै सकियोस् ।

पोखरा वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले शौचालयको व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत सृजना विकास केन्द्रलाई जिम्मा दिइएको र त्यसका लागि आजैदेखि एक जना कर्मचारी व्यवस्थापन गरिएको बताए ।
उनले पोखरा पर्यटकीय सहर भएकाले यहाँको वातावरण स्वच्छ बनाउन स्मार्ट शौचालयको खाँचो रहेको बताए । पार्क, नजिकै हस्पिटल समेत रहेको र सडकमा आवतजावत गर्नेहरुलाई सजिलो होस् भन्ने उद्देश्यले शौचालय निर्माण गरिएको उनको भनाई छ ।

कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, नेकपा एमाले वडा कमिटि सचिव दिपक घिमिरे, नेपाली काँग्रेसका कार्यवाहक वडा सभापति विश्व विजुक्छे, नेकपा माओबादीका दामोदर सिग्देल, एकिकृत समाजबादीका बालकृष्ण बराल, राप्रपाका बाबुराम चालिसे, उपभोक्ता समितिका अध्यक्ष पुष्पराज सिग्देल लगायतले बोलेका थिए ।
वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडासचिव सबिता ढुंगानाले गरेकी थिइन् । कार्यक्रममा वडा नं. ८ का जनप्रतिनिधिहरु पवित्रा केसी, लक्ष्मी बिक, गोविन्द बराल र हिराकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो