पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गगतका आङ्गिक क्याम्पसहरूमा अध्ययन शुल्क वृद्धि भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
शुल्क वृद्धि गर्न नहुने भन्दै इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरका विद्यार्थी आन्दोलित भएका हुन् । गत साउन २५ गतेको इञ्जिनियरिङ अध्ययन संस्थान, कार्यान्वयन समितिको निर्णयानुसार शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएकोप्रति क्याम्पसका सबै विद्यार्थी संगठनको ध्यानाकर्षण भएको जनाइएको छ ।

अखिल क्रान्तिकारी अध्यक्ष बासुदेव पौडेल, नेवि संघ सभापति विविशन ओली, अनेरास्ववियु अध्यक्ष साहस कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै हाल क्याम्पसले दिने सुविधा, गुणस्तर र व्यवहारिक पाठ्यक्रममा वृद्धि नभएसम्म एक रुपैंया पनि शुल्क वृद्धि हुन नदिने स्पष्ट पारेका छन् ।
भदौ १० सम्म आफूहरुको माग पूरा नभए प्रवेश परीक्षा समेत अवरुद्ध गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

यसैबीच, शुल्क वृद्धिका विरुद्ध बृहत् हस्ताक्षर सङ्कलन अभियान पनि सञ्चालन भएको छ । असान्दर्भिक शुल्क वृद्धिले विद्यार्थीलाई मर्का पार्ने र इन्जिनियरिङ अध्ययन संस्थानको सन्दर्भमा सरकारी क्याम्पसहरूकै चर्को शुल्कले सरकारी क्याम्पसहरूको औचित्य नै नरहने भन्दै हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको हो ।
अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस कमिटी इकाई अध्यक्ष बासुदेव पौडेलले चर्को शुल्कको विरुद्धमा सबै विद्यार्थीमा जागरण ल्याउँदै दबाब दिने अभिप्रायले हस्ताक्षर संकलन गरिएको बताए ।

एकलौटीरुपमा गरिएको निर्णय खारेजीको माग गर्दै विद्यार्थीले कालो पट्टि बाँधी विभिन्न नारा लेखी प्ले कार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन पनि गरेका थिए । विद्यार्थीले क्याम्पस प्रशासनलाई शुल्क घटाउन विज्ञप्ति पनि बुझाएका छन् ।
इकाई कमिटीले आफ्नो आन्दोलन माग पूरा हुन ढिलाइ भएको खण्डमा आन्दोलन झनै चर्काउँदै जाने भन्दै इन्जिनियरिङ अध्ययन संस्थानका डिनलाई चेतावनी नै दिएको छ ।





सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ