नेपाल एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएकाे नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो ।
कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।
पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढि रन हो । नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो ।
नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुशल भुर्तेलले पहिलो ओभरको सुरुका दुई बलमै शाहिन शाह अफ्रिदीलाई लगातार चौका प्रहार गरेका थिए । तर अफ्रिदीले पहिलो ओभरको अन्तिम दुई बलमा कुशल र कप्तानलाई आउट गरे ।
कुशलले लेग साइडमा गएको बललाई विकेटकिपरलाई क्याच दिन पुगे । रोहितले अफ्रिदीको बल ठम्याउन नसक्दा एलबीडब्लु आउट भए । आरिफ र सोमपालले चौथो विकेटमा ५९ रनको साझेदारी गरे । आरिफले ५ र सोमपालले ४ चौका प्रहार गरे । गुल्शनले १ छक्का प्रहार गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, तथा सन्दीप लामिछाने र ललित राजवंशी शुन्यमा आउट भए । करण केसी ७ रनमा अविजित रहे । लेग स्पिनर सदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन खर्चे । अफ्रिदी र हरिस राउफले २–२ तथा नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।
यसअघि नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन । नेपालले फितलो फिल्डिङ र अनुशाषित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्धय बाबर र अहमदले त्यसको भरमुर फाइदा उठाए । नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको हाे । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।
नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो र नेपाल १५औं स्थानमा छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह