कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीको सरुवा भएको छ । उनको नेपाल प्रहरी अंगरक्षक गण, नक्सालमा सरुवा भएको हो । कास्कीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट मोहनकुमार थापा आउँदैछन् ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने कास्कीसहित १४ जिल्लाका प्रमुख फेरिएका हुन् ।
कस्तो रह्यो एसपी केसीको कार्यकाल ?
प्रहरी प्रधान कार्यालयले ०७९ साउन ६ गते एसपी अजय केसीलाई कास्कीको जिम्मेवारी दिएको थियो । समग्र शान्ति सुरक्षाको अवस्था हेर्दा गत वर्ष कास्की सन्तोषजनक नै रहेको कास्कीबासीले महसुस गरेका छन् । अपराध तथा लागुऔषध नियन्त्रणमा संगठनमा अब्बल दरिएका केसी जिल्लाको कमाण्ड गरुन्जेल यसैमा केन्द्रीत भए ।
टीममा विश्वास राख्ने एसपी केसीले कुशलतापूर्वक कार्य गर्ने ८९ जनालाई पुरस्कृत र प्रहरी आचरण विपरित काम गर्ने ४९ जनालाई कारबाही गरे । पब्लिसिटी र स्टन्ट नरुचाउने एसपी केसी मिडियामैत्री प्रहरी अफिसर रहे । मिडियालाई सूचना प्रवाहमा कुनै कञ्जुस्याईं गरेनन् । अन्तर्गतका ईलाका तथा वडा कार्यालय प्रमुखहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको प्रहरी अधिकारीहरु बताउँछन् । राम्राे काम गर्ने जुनिअरलाई सधैं हाैस्याइरहे ।
उनकै कमाण्ड अवधिमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कास्की सुरक्षित तबरले मतदान तथा मतगणना कार्य सम्पन्न भयो । यति एयरलाइन्सको दुर्घटनामा प्रहरीले अन्तसम्म आफ्नो जिम्मेवारी पूरा गरेकाे थियाे । ट्राफिक राजश्व संकलन ७ करोड संकलन, ग्रामीण गस्ती, प्रहरी कार्यालयहरुमा सीसी क्यामेरा जडानलगायतका कार्य भयो । जिल्लाभर १७३४ मुद्धा दर्ता भएकोमा ११५९ फर्छ्याैट र अरु प्रक्रियामा रहेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
साइबर अपराधबारे सचेतना जगाउँदै विद्यालयहरुमा कार्यक्रम, सामाजिक सञ्जालको उच्चतम् प्रयोग गरी नागरिकसँग निकटता, सेवामैत्री भवन व्यवस्थापन लगायतका कार्य भएको कास्की प्रहरीले जनाएको छ ।
एसपी केसीको कार्यकलामा गत महिनासम्म भए गरेका प्रहरी कामकारबाही हेर्नुहोस्:
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो