भारतसँग पराजित भएपछि एशिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणबाटै टुङ्गिएको छ। सत्ताइस वर्षको पर्खाइपछि छिमेकी भारतसँग खेल्ने अवसर पाएको नेपाल पराजित भएको छ।
श्रीलंकाको पालेकेले रंगशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयाे । वर्षाका कारण २३ ओभरमा घटाइको खेलमा भारतलाई १४५ रनको लक्ष्य निर्धारण गरिएको थियो। भारतले २०.१ ओभरमै लक्ष्य पूरा गरेको हो। यो जितसँगै भारत अर्को चरणमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो इनिङ्समा पनि ३८औँ ओभरपछि वर्षाले केही बेर खेल प्रभावित भयो। दोस्रो इनिङ्समा भारतले जवाफी ब्याटिङ सुरू गरे लगत्तै २.१ ओभरपछि वर्षाले खेल लामो समय रोकियो।
डेढ घण्टापछि वर्षा कम भएसँगै अम्पायरहरूले डीएलएस पद्दतीबाट खेल छोट्ट्याउने निर्णय लिए। नेपालले भारतसँगको खेलमा सुधारिएको ब्याटिङ गरेको थियो।
भारतका लागि प्रारम्भिक ब्याटर रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। शर्माले ७४ र ६७ रन प्रहार गरे। नेपालका लागि कुनै पनि बलरले बिकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो। मध्यम क्रम नचल्दा लरखराएको नेपाललाई पुछारका ब्याटरले सम्मानजनक स्कोरसम्म पुर्याएका हुन्। नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। उनले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले दुई–दुई रन बनाए।
भारतका लागि मोहम्मद सिरज र रवीन्द्र जडेजाले तीन–तीन, मोहम्मद शमी, हार्दिक पाण्ड्या र शार्दूल ठाकुरले एक–एक विकेट लिए।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। नेपाल रहेको समूह ए बाट पाकिस्तान र भारत अर्को चरणमा पुगेका हुन्।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो