रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् ।
महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हाल सम्मको नतिजामा नेपालले ३ स्वर्ण जितेको छ । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन् ।
अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कास्य जितिन् ।
एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिक विधामा राजु राईले रजत पदक जिते । उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कास्य पदक प्राप्त गरेका थिए । थाईल्याण्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण प्राप्त गरे । भियतनामका तरान होङ्ग दुइ थुआनले कास्य प्राप्त गरे ।
यस्तै, १७ सेमी माथिको प्रतिस्पर्धामा रन्जित लामाले कास्य पदक प्राप्त गरे । पहिलो स्थानमा थाईल्याण्डका दाम्रोङ्गसाक सोयश्री र चाईना मकाउका अउ मान किटले रजत प्राप्त गरे ।
पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कास्य प्राप्त गरे । ८० केजी तौलमा नेपालका कृष्ण प्रसाद श्रेष्ठले कास्य पदक प्राप्त गरे । थाईल्याण्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत प्राप्त गरे ।
नेपालले अहिले सम्मको नतिजामा ३ स्वर्ण ६ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको छ । नेपालले आज अव ४ विधामा प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला