दुई महिनाअघि पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको ८ सय बिरुवा रोपियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा बिरुवा रोपण गरी शुभारम्भ गरेका थिए । सो दिन मेयर आचार्यले भनेका थिए – ‘बिरुवाहरूको संरक्षण स्थानीयहरूले गर्नुपर्छ र महानगरपालिकाले विशेष निगरानी गर्नेछ ।’
तर, स्थानीयबाट संरक्षण भएन । बिरुवाहरु गाइवस्तुले खाने, चोर्ने, उखेलेर फाल्ने कार्य भइरह्याे । भनिएझैँ महानगरबाट पनि विशेष निगरानी भएको देखिएन । मेयर आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमा राम्रो फूलका बिरुवा उखेल्ने र चोरी गर्ने गरेको पाइएकोले सीसीटिभी क्यामेराबाट व्यक्ति पहिचानको कार्य भइरहेको जनाएका छन् ।
उनले लेखेका छन्ः ‘न्यूरोडको डिभाईडरमा सौन्दर्यको लागि रोपिएका राम्रा जातका फूलका बिरुवा चोरी गर्ने र उखेलेर छाड्ने गरेको पाइएको छ। सीसी क्यामराबाट चोर÷नकारात्मक सोच भएका ब्यक्तिको पहिचान हुँदैछ । यो अत्यन्तै नराम्रो काम हो। बिरुवा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय साथीहरुले बिशेष ध्यान दिनुहुन अनुरोध छ।’

घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ बसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने हुन्छ । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो ।

गाईले न्यूरोडको डिभाइडरका बिरुवा खाँदै गरेको अवस्थामा सुरज हजारे दाहालले खिचेको तस्वीर
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’