दुई महिनाअघि पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको ८ सय बिरुवा रोपियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा बिरुवा रोपण गरी शुभारम्भ गरेका थिए । सो दिन मेयर आचार्यले भनेका थिए – ‘बिरुवाहरूको संरक्षण स्थानीयहरूले गर्नुपर्छ र महानगरपालिकाले विशेष निगरानी गर्नेछ ।’
तर, स्थानीयबाट संरक्षण भएन । बिरुवाहरु गाइवस्तुले खाने, चोर्ने, उखेलेर फाल्ने कार्य भइरह्याे । भनिएझैँ महानगरबाट पनि विशेष निगरानी भएको देखिएन । मेयर आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमा राम्रो फूलका बिरुवा उखेल्ने र चोरी गर्ने गरेको पाइएकोले सीसीटिभी क्यामेराबाट व्यक्ति पहिचानको कार्य भइरहेको जनाएका छन् ।
उनले लेखेका छन्ः ‘न्यूरोडको डिभाईडरमा सौन्दर्यको लागि रोपिएका राम्रा जातका फूलका बिरुवा चोरी गर्ने र उखेलेर छाड्ने गरेको पाइएको छ। सीसी क्यामराबाट चोर÷नकारात्मक सोच भएका ब्यक्तिको पहिचान हुँदैछ । यो अत्यन्तै नराम्रो काम हो। बिरुवा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय साथीहरुले बिशेष ध्यान दिनुहुन अनुरोध छ।’

घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ बसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने हुन्छ । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो ।

गाईले न्यूरोडको डिभाइडरका बिरुवा खाँदै गरेको अवस्थामा सुरज हजारे दाहालले खिचेको तस्वीर
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन