लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन शुक्रबारबाट शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साधारण सभा उद्घघाटन गरेका छन् ।
पहिलो दिन आज उद्घाटन समारोह एवं बन्दसत्र हुँदैछ । भोलि शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार संघको कार्यालय परिसर भण्डारढिकमा हुने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।
संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागी ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन् । एक सदस्य निर्विराेध भइसके । संघको एसोसियट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध भएका हुन् ।
सहमतीय नेतृत्व चयन गर्ने दावी गरेपनी उम्मेदवारहरु भने प्यानल नै खडा गरेर चुनावी कार्यक्रममा लागेका छन् । संस्थापन पक्षको प्रतिनिधित्व गर्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने महासचिव भइसकेका भरतकुमार अधिकारी अर्काे समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
श्रेष्ठले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समेटेर टिम बनाएका छन् भने अधिकारीले नेपाली कांग्रेस निकटलाई समेटेर अर्को टिम बनाएका छन् ।
प्रतिष्पर्धामा रहेका श्रेष्ठ र अधिकारी बीच यो पहिलो प्रतिष्पर्धा भने होइन । अघिल्लो महाधिवेशनमा दुवै जना वरिष्ठ उपाध्यक्ष पदका लागि भिडेका थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा शिशुवाका व्यवसायीहरू ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझा
संघको वरिष्ठ उपाध्यक्ष पदमा शिशुवाका व्यवसायीहरू ऋषिराम जमरकट्टेल र राजेन्द्र ओझा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । जमरकट्टेल लेखनाथ हाडवयर्स एसोसिएसनका अध्यक्ष समेत हुन् । उनी भरतकुमार अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन् ।
यस्तै, राजेन्द्र ओझा पनि हार्डवेयर व्यवसायी हुन् । ओझा लेखनाथ हाडवयर्स एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । उनी विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् । आगामी कार्यकालका लागि नियमानुसार नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउने उनले कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष पदका लागी उम्मेद्वारी दिएका हुन् ।
प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु)
संघको प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को उम्मेद्वारी रहेको छ । यातायात व्यवसायी हुँदै काष्ठ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरी २२ वर्षको अनुभव संगालेर २०७२ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गरेका सुवेदी एसोसिएट सदस्य, खुला सदस्य, उपमहासचिव र वर्तमान कार्यसमितिको महासचिवको निर्वाचनमा समेत लोकप्रिय मतका साथ विजयी भएकाले पनि यस पटक पनि सोचे अनुरुपकै परिमाण आउनेमा उनी विश्वस्त देखिन्छन् ।
यस्तै विगत १४ वर्षसम्म लेखनाथ उद्योग बाणिज्य संघमा रहेर काम गरिरहेको अनुभव आफुसँग भएको वताउने बाँस्तोला बिभिन्न उपसमिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिव र महासचिवको भूमिकामा रहेर संघको वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष रहेर काम गरिसकेका छन् ।
द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ चुनावी मैदानमा
संघको द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठले उम्मेद्वारी दिएका छन् । कर्माचार्य पहिलो कार्यकाल आमन्त्रित, दोस्रो कार्यकालमा एसोसिएट र खुल्ला सदस्य पदमा विजयी भई अहिले द्वितिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् । २०७० मा कार्यसमिति सदस्य हुँदै संघमा प्रवेश गरेकी मेनुका श्रेष्ठ ३ कार्यकाल कार्यसमिति सदस्य बनिसकेकी छिन् ।
महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी
महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारीले उम्मेद्वारी दिएका छन्। संघको इतिहासमा नै पहिलो पटक महिला पदाधिकारी बनेर ईतिहास रचेकी वर्तमान कार्यसमितिकी जानुका पराजुली अधिकारीले सदस्य, कोषाध्यक्ष र उपमहासचिवको जिम्मेवारी पूरा गर्दै आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएकी हुन् ।
तिवारी लामो समय युवा उद्यमशीलता उपसमितिको संयोजक हुँदै वर्तमान कार्यसमिति सदस्यका रूपमा कार्य गर्दा प्राप्त गरेको अनुभवलाई संस्थाको हित र विकासमा प्रभावकारी ढंगबाट लगाउने उद्देश्य राखेको बताउँछन्।
संघको उपमहासचिव पदमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला) भिड्दै छन् भने कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भण्डारीकाे उम्मेदवारी छ।
संघको २ महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले मनोनयन दिए । एसोसिएट सदस्यतर्फ प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका छन् । संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन् ।
८ खुला सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने (इ.), बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भूर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्यप्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिएका छन । संघको १४ औं महाधिवशेनका लागि २३ गते हुने निर्वाचनमा कुल १ हजार ८ सय ६६ मतदाता छन् ।
लेखनाथ खबरकाे सहयाेगमा
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो