प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई पहिलोपटक सम्बोधन गरे । प्रदेश राजधानी पोखरा आएका प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुँदा १२ः४० बजे सम्बोधनको समय निर्धारण गरिएपनि साढे ३ बजेपछि मात्र सम्बोधन गरेका थिए ।
उनको सम्बोधनको मुख्य मुख्य विषय बुँदागत रुपमा:
- ‘नामै गण्डकी प्रदेश,सप्त गण्डकी हाम्रो सभ्यता र जीवनको सुरुवात हो,संस्कृतिको सुरुवात हो, सप्त गण्डकीको सुरुवात हिमालबाट हुन्छ, गण्डकीको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व छ।’
- ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक वनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने त्यस्तो पनि हुन्छ ? नेपालमा रेल चल्छ । पूर्व पश्चिम रेल चलाईन्छ ।’
- ‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनिरल वाटर बन्छ ? खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ । रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने बस्तु मिनिरल वाटर हो ।’
- ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन् । तर त्यसको मतलव मलाई छैन, म तुईनको शत्रु हो । नेपालबाट तुईन हट्छ हट्छ ।’
- सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खान्छन् । यस्ता जुस हामी छ्वास्स छेस्का रोपेर खान्छौँ, त्यसले फाइदा गर्दैन।’
- ‘अहिले पोखरा र मुस्ताङमा कति पर्यटक आएका छन्, पख्नोस्, अब म दुई इभेन्ट गराउँछु, तपाईंहरुले पोखरामा होटल थपे हुन्छ।’
- ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन् । मैले जि सिनेमाका कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङदीको आसपास ठाउँ हेर्न भनेको छु, यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुम्वई यता सर्छ । मुम्वईमा समथर बाहेक केही देख्न पाईंदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाईन्छ ।’
- ‘प्रदेश सभा र प्रदेश सरकार हाम्रो लागि नयाँ अभ्यास हो । संविधान कार्यान्वयनलाई सही वाटोमा अघि वढाएका छौँ । प्राप्त उपलव्धीलाई रक्षा गरेर विकासको गतिमा अघि वढ्नुपर्दछ । सहज ढंगले जनतालाई सेवा प्रदान गर्दैनौ भने हामी विकास गर्न सक्दैनौँ । विकासको लागि सुशासनमा जोड दिएका छौँ । विकासको लागि सुशासन अनिवार्य छ ।’
- ‘हामी कसैबाट सिक्न सक्छौँ तर नक्कल गर्न सक्दैनौँ, संघर्षको इतिहास, आन्दोलन र त्यसलाई संस्थागत गर्ने हाम्रो आफ्नै विशेषता छ।’
- ‘न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको कति नै भयो र ? सिद्धान्त शिरोमणि भन्ने किताबमा भाष्कराचार्यले ११५० मै यो विषयमा लेखेका थिए, हाम्रा पुर्खा विद्धान थिए।’
- ‘इलाममा एउटै किसानले स्कुस खेतिबाट २ लाख लिए, स्कुस लगाउँदा सम्म जग्गा पनि चाहिँदैन, पानी पनि चाहिँदैन, यसो एउटा झारीजस्तो भए भइहाल्यो, झापाका महिलाहरुले सामूहिक खेति गरेका छन्, लोग्नेको जग्गाको भाडा पनि तिरेका छन्, सबै कुरा मेसिनबाट गरेका छन्।’
तस्विर सौजन्यः युनिश
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो