काठमाडौँ । रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालय भवनमै झुण्डिएर देहत्याग गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा रहेको रेडियो देशान्तरको कार्यालय भवनमा उनी झुण्डिएका हुन् ।
शुक्रबार राति साढे १ बजेतिर पाँचौ तलाको कार्यालयको रेलिङमा झुण्डिएर देहत्याग गरेका हुन् । दैलेख स्थायी घर भएका पौडेल २१ वर्षका थिए । पौडेलको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
युवराजले फेसबुक र टिकटकमा प्रेमिकाको फोटोसहित क्याप्सन लेखेका छन् । फेसबुक र टिकटकमा उनले प्रेमिकाले छाडेका कारण आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
उनले आत्महत्या अघि फेसबुकमा लेखेका छन, ‘बधाइ छ धोकेबाज निष्ठुरी जन्मदिने आमाबाबा भन्दा बढी विश्वास गरेको थिए तर आज एक्कासी मर्न बाध्य बनायौ है सानु ल अब त जिन्दगीभर खुशी हुन्छौ होला त है अहिले मलाइ ट्याग गर्छ भनेर ब्लक गरेका छौा है थाहा थियो त कति माया गर्छु भन्ने कुरा सायद जीवनमा तिमीलाइ पाउनको लागि एति रोए कि जुन म बाल्यकालमा पनि रोएको थिएन तर पनि मलाइ बुझ्ने प्रयास कहिल्यै गरिनउ है । ठीकै छ तिम्रो लागि मर्ने भनेर जन्मिएको रहेछु सानु बाइबाइ मैले लेख्ने शब्द धेरै छन तर कहिल्यै सकिदैन तर लेख्न सक्दैन सरि अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ जहाँ तिमीले मलाइ देख्ने छौँ भेट्ने छौँ तर मैले तिमीलाइ भेट्ने छैन बोल्ने छैन, देख्ने छैन अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ ।’

सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन