नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई १८ बर्षपछि प्रहरीले समाउन सफल भएको छ ।
गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत हुँदै नेपाल आउने क्रममा उनलाई भैरहवाबाट पक्राउ गरेको हो। रुकुम पूर्वको सिस्ने स्यालापाखाका ५२ वर्षीय गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । गौतम रोल्पा, रुकुम र दाङका युवाहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्याउने धन्दाका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए।
६ जना पीडितको जाहेरी पछि उनका नेपालका एजेन्ट पोखराका कमल तामाङसहित दुईजनासमेत पक्राउ परिसकेका छन् । उनीहरूले पाँच जनाबाट दुई करोड रुपैयाँ उठाएर विभिन्न देशमा बन्धक बनाएको खुलेको छ । उनीहरूबाहेक १३ जना नेपाली अझै जाम्बियामा उनको समूहले बन्धक बनाएर राखेको छ । प्रहरीले उनीहरूको उद्धार गर्ने प्रयास गरिरहेको छ । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा हस्तले २०० नेपालीलाई अवैध बाटो हुँदै अमेरिका पुर्याएको स्वीकार गरेका छन् ।
उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ।
गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। त्यही कारण अवैध बाटोबारे उनलाई राम्रो जानकारी मिलेको हो । प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए। त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सस पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले पुनः मेक्सिको हुँदै अमेरिका पुगेका थिए।
सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। उनी २००५ देखि नै मानव तस्करीमा लागेको एसएसपी श्रेष्ठको दाबी छ । त्यतिबेला देखिनै गौतमविरुद्ध प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए । २००५ देखि नै उनी नेपाल आउन छाडेका थिए ।
गौतमले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ। उनले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।
एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन