पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ २९ गतेदेखि दशौं संस्करणको ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । मौलिक संस्कृतिको जर्गेना गरौँ भन्ने उद्घोषका साथ समाजको २७ औँ बार्षिकोत्सव एवं २५ औँ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा नयिमित कार्यक्रम अनुसार भलिबल प्रतियोगिता आयोजना गर्ने र त्यसको तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
हरेक वर्ष महिला भलिबल प्रतियोगिता हुँदै आएकोमा अघिल्लो वर्षदेखि पुरुष भलिबलको प्रतियोगिता पनि थपिएको हो । २५ वर्षदेखि निरन्तर भइरहेको लामाचौर तीज महोत्सवको अवसरमा क्लबले तीज गीत तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि गर्दै आइरहेको छ । समाजले दुई वर्ष यता विद्यालयस्तरीय भलिबल प्रतियोगितालाई स्थगित गरेको छ ।
प्रतियोगितामा महिलातर्फ चार क्लबले सहभागिता जनाउने पक्का भएको छ । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यू एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने महलिा र पुरुष दुवै विधातर्फ सहभागिता नजनाउने भनी आयोजक समक्ष पत्राचार गरेको छ ।
दोस्रो संस्करणको पुरुष भलिबलतर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछ । बुटवलको मणिमुकुन्द भलिबल क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गलकोट भलिबल क्लब बाग्लुङ र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने जानकारी दिइयो ।
‘दुवै प्रतिस्पर्धा लिगको आधारमा खेलाइने छ । महिलाको लिग रोविनमा हुने छ’ पत्रकार सम्मेलनमा प्रतियोगिताका जुरी डिबी नेपालीले भने–‘पुरुषको अंकको आधारमा शीर्ष दुईमा पुग्ने टोली बीच फाईनल प्रतिस्पर्धा गराइन्छ ।’
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।
यस्तै, तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक दिनेश भण्डारीले बताए ।
तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरेको छ ।
आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ ।
भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।
सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगिताको फाइनल असोज १ गते हुने छ ।
एकै ठाँउमा खेलकुदसँगै मनोरञ्जनको अवसर दर्शकले पाउने छन् । समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले दर्शकको लागि ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिने उल्लेख गरे । उनले शान्ति सुरक्षाको लागि सुरक्षा निकायसँग समन्वय गरिएको सुनाए । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोत्तल लैजान निषेध गरेको छ ।
भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो