पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।
आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् ।
पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन् । १८ औं संस्करणको दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ ।
सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकाश बैंक ली., पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् ।
त्यसैगरी, तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, वोष्टन/न्यू ह्याम्पशायर नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, चन्द्र गुरुङ अस्ट्रेलिया, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङ, हिमा अस, केल्मी, एक्सटेप नेपाल स्पोर्टस वेयरलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् ।
यस्तै, १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् ।
म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए । उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको समृद्धिमा भूमिका खेलेको छ । १८ औं संस्करणमा सबै कुरा सहज भयो भने ५० भन्दा वढि देशका धावक पोखरा आउने छन् ।”
पोखरा म्याराथनको रुट समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट रहेको र विश्वका ठूला शहरमा आयोजना हुने जस्तै गरि पोखरा म्याराथन संधै चर्चामा हुने गरेको अध्यक्ष पराजुलीले बताए । “यो हाम्रो लागि खुसीको विषय हो । अग्रज खेलाडीहरुले राष्ट्रको खेलको लागि मात्रै पसिना बगाएका छैनन् । उनीहरुले संस्था समेत स्थापना गरेर खेलकुदमा योगदान दिएका छन् भन्ने उदाहरण लाई स्थापित गरेको छ”, उनले भने ।
१८ औं म्याराथनमा पुरस्कार राशीमा भने कुनै फेरबेदल नगरिएको मञ्चले जनाएको छ । म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु हुने गरेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन