पोखरा । जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ।
कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले बताए ।
कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै सो डेस्क स्थापना गर्छौ । सो डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ र विकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट लिखित, मौखिक र विद्युतीय रूपमा प्रदान गर्ने ब्यवस्था गर्नेछौं प्रमुख पौडेलले उल्लेख गरे।
पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९–८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०–८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै बताएका हुन्।
पौडेलले सुसासन बिना विकास संभब नहुने र विकास विना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका खातिर हरतवरबाट सबै पक्ष लाग्नुको विकल्प नभएको उल्लेख गरे।
विकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस। कहिँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कास्कीका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गरौं। प्रमुख पौडेलले उल्लेख गरे।
उनले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गरे।
सो अवसरमा सोमबार रूपाताल संरक्षण एकीकृत बिकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा, संघीय आयोजना कार्यान्वयन इकाई, स्थानीय पूर्बाधार विकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड, पूल सेक्टर पोखरा र संघीय पूर्बाधार विकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए।
जि.स.स.कास्कीले बार्षिक कार्ययोजना निर्माण गरेर सोही मुताबिक आयोजना गरेको उक्त कार्यक्रम सोमबारदेखि शुरु भएर तिनदिन सम्म संचालन हुनेछ।
प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प