जुम्ला। १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदिमा शब फेला परेको छ।
त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदिको किनारमा मेजर पण्डितको मृत शब फेला परेको हो।
भेरी नदिमा माछा मार्न जाल खेल्दै जाने क्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी-५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए।
दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बाँया हातमा घडि र दायाँ हातको कान्छी औलामा औठी देखेपछि आफूले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको उनले बताए।
सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेको थियो। प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको कमाण्डमा उद्धार सामाग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शब फेला परेको चिण्ढेबगरमा पुगेको थियो।
भेरी नदिको किनारमा ढुङ्गाको खोचमा रहेको शब बाहिर निकालेर हेर्दा घडि औठीबाट शब पुष्टि भएको बुढाथोकीले बताए। फेला परेको शबको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको उनले बताए। काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेवाट बेपत्ता भएका थिए ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन