पाेखरा । पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत भएका हुन् ।
क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद २५ हजारसहित दोषल्ला र सम्मान पत्रकले पुरस्कृत गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गरेका थिए । पुन डेढ दशकदेखि फोटो पत्रकारितामा सकृय छन् ।
रजत जयन्तीको अवसरमा क्लवले सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ (मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।
फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले हालसम्म अक्षयकोषमा दुई करोड ८५ लाख रुपैयाँ पुर्याएको जनाएको छ । क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो ।
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई लिगकम नकाउटमा सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ १३ औं अधिवेशनमा मुख्य एजेण्डाको रुपमा छलफल गरिने क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । उनका अनुसार एजेण्डालाई अधिवेशनले पास गरे आगामी वर्ष आर्थिक सहयोग जुटाई गोल्डकपलाई लिगमा सञ्चालन हुनेछ ।
क्लबले आगामी वर्षको कार्यक्रममा एकेडेमी सञ्चालन, एकेडेमीको भौतिक पूर्वाधार मर्मत सम्भारलाई निरन्तरता दिने उल्लेख गरेको छ । व्यावसायिक फुटबल प्रशिक्षण तथा ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य समेत क्लबले राखेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’