पोखरा। नवआदर्श सामुदायिक विकास समाजद्वारा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा सोमबार भएको खेलका आधारमा नेपाल पुलिस क्लब शीर्षस्थानमा रहँदै फाईनल पुगेको थियो । पोखरा रंगशालामा भएको लिगको अन्तिम खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हराएर ८ अंकका साथ फाईनलमा स्थान सुरक्षित गरेको थियो । पुलिससँग २५–१९, २५–१७, २०–२५ र २५–२१ को सेटमा हारेको एपीएफ अघिल्ला खेलका आधारमा ४ अंक जोड्दै तेस्रो भयो ।
न्यू डायमण्ड ६ अंकका साथ दोस्रो स्थानमा थियो ।सोमबार नै भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले चन्द्रागिरी नगरपालिका न्यू डायमण्डलाई ३–१ को सेटमा हराएर उपाधि जितेको हो । पुलिसले डायमण्डलाई २५–१८, २२–२५, १४–२५ र २०–२५ को सेटमा पराजित गरेको हो ।
पुरुषतर्फ सोमबार लिग चरणका २ खेल भए । जसमा एपिएफले मणिमुकुन्दलाई पराजित गरेर ७ अंक बटुल्यो । २५–१७, २१–२५, २३–२५ र ३२–३४ को सेटमा हारेको मणिमुकुन्दको अघिल्ला खेलको आधारमा ५ अंक भयो । त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै ९ अंक जोड्यो । पहिलो र दोस्रो सेट १५–२५, २३–२५ मा हारेको गण्डकीले उत्कृष्ट पुनारागमन गर्दै २५–२२, २५–१८ र १५–१० को सेटमा हराउँदै २ अंकसहित ९ अंक बनाएको हो । पुलिस पराजित भएपनि पाँचौ सेट खेलेकाले गण्डकीबाट १ अंक खोसेको थियो । यसअघिका खेलबाट पुलिसको तालिकामा ८ अंक भइसकेको थियो ।
तालिकामा गण्डकी र पुलिसको ९÷९ अंक भएपनि सेटका आधारमा पुलिस पहिलो र गण्डकी दोस्रो हुँदै फाइनल पुगेको प्रतियोगिताका टेक्निकल डेलिकेट अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले जानकारी दिए । फाईनल खेलमा १९–२५ र २५–२२ अंकमा गण्डकी र पुलिसले १÷१ सेट जितेको अवस्थामा खराब मौसमका कारण खेल सोमबारलाई सरेको थियो । मंगलबार बिहान फाईनल खेल सुरुबाटै हुने रेफ्री थापाले जानकारी दिए ।
उनका अनुसार तेस्रो र चौथो स्थानका लागि हुने भनिएको खेल समय अभावका कारण खेलाउन नसकिएको हो । अब अंक तालिकाको आधारमा तेस्रो स्थानको पुरस्कार प्रदान गरिने उनले बताए । तालिका अनुसार महिला र पुरुष दुबैतर्फ एपिएफ तेस्रो स्थानमा छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती