पोखरा महानगरपालिकाले विद्यालयहरू पूर्ववत् सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।
शिक्षक महासङ्घद्वारा काठमाडौँकेन्द्रित आन्दोलन सुरू भएपछि महानगर प्रमुख धनराज आचार्यद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा ‘शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ’ भनिएको छ ।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय नखोल्नेलाई कारबाही गर्ने बताएका थिए । यस्ता कडा शब्द भने पोखराका मेयर धनराजले उल्लेख गरेका छैनन् ।
हेर्नुहोस्, विज्ञप्तिको पूर्ण पाठः
नेपाल सरकारद्वारा हालै सङ्घीय संसद्मा दर्ता गरेको सङ्घीय शिक्षा ऐन २०८० प्रति असहमति जनाउँदै शिक्षकहरूद्वारा घोषित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन बन्द भएकोप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राख्नुभएको कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेको छ यद्यपि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरूसमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको छ ।
विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विनाअवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)