पोखरा महानगरपालिकाले विद्यालयहरू पूर्ववत् सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।
शिक्षक महासङ्घद्वारा काठमाडौँकेन्द्रित आन्दोलन सुरू भएपछि महानगर प्रमुख धनराज आचार्यद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा ‘शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ’ भनिएको छ ।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय नखोल्नेलाई कारबाही गर्ने बताएका थिए । यस्ता कडा शब्द भने पोखराका मेयर धनराजले उल्लेख गरेका छैनन् ।
हेर्नुहोस्, विज्ञप्तिको पूर्ण पाठः
नेपाल सरकारद्वारा हालै सङ्घीय संसद्मा दर्ता गरेको सङ्घीय शिक्षा ऐन २०८० प्रति असहमति जनाउँदै शिक्षकहरूद्वारा घोषित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन बन्द भएकोप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राख्नुभएको कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेको छ यद्यपि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरूसमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको छ ।
विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विनाअवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ ।

सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ