पोखराका अस्पतालहरुमा बिहानैदेखि ओपिडी सेवा प्रभावित बनेको छ । पूर्वान्हदेखि सबैमा ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प बन्यो । अहिले भर्खरै मात्र नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने भनी विज्ञप्ती जारी गरेको छ ।
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गर्ने तयारीमा रहेको सूचना प्राप्त भएको छ ।
नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।
अस्ति असोज ७ गते लमजुङ अस्पतालमा र हिजो असोज ८ गते मणिपाल अस्पताल पोखरामा चिकित्सकमाथि कुटपिट भएको बिरोधमा चिकित्सकहरु आन्दोलित भएका हुन् । ३ बुँदे मागमा पहिलो बुँदामा कुटपिट र अस्पताल चोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने रहेको छ ।
मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ ।
यस्तै, दोषीहरुलाई गरिएको कारबाही सम्बन्धी जानकारी नेपाल सरकारको छाप सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ ।

हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरिएको थियो ।
अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।
काठमाण्डौमा डाक्टरहरुको प्रदर्शन
चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।
उनीहरुले ‘दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट’, ‘अस्पतालमा नआउ, डाक्टर बिरामीको दुवैको ज्यान बचाउ’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘पेशा छोडौं कि देश छोडौं’ ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल पनि भएको थियो ।
पछिल्लो समय अस्पतालमा डाक्टरमाथि कुटपिट तथा हातपातको घटना सार्वजनिक भइरहेका छन् । दुई साता अघि हेटौंडामा दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलिन बनेका थिए । गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
सम्बन्धित समाचारः
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला