पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेनन् । ओलीको अनुपस्थितिमा महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाइएको छ । यतिबेला उनी मन्तव्य राखिरहेका छन् ।
एतिहासिक प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह खल्लो हुन पुगेको हो । एमाले गण्डकीले ११ जिल्लाबाट आज ५० हजार कार्यकर्ता पोखरा उतार्ने भन्दै तयारी गरेको थियो । आजै झरीले पनि अवरोध गरेको थियो ।
एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह केही समय रोकिएको बताएका थिए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिँदा केही समय ढिलाई भएको बताएका थिए । तर, साढे ३ बजेसम्म पनि उडान नभएपछि महासचिव नै प्रमुख अतिथिका रूपमा मञ्चमा निम्त्याइए ।
उद्घाटन समारोह ढिला हुन पुग्दा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको थियाे । धिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ ।
प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा पुगेका थिए ।
आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चयन हुनेछ । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन गरिने जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन