एमाले गण्डकीको प्रथम अधिवेशन १५ र १६ गते २ दिन भनिएकोमा ४ दिन लम्बिएको छ । विहीबार मात्र नेतृत्व चुनिने सम्भावना छ । एमाले गण्डकी प्रदेश कमिटीमा २७ जना निर्विरोध भएका छन् । लेखा समितिका ७ जनामध्ये २ सदस्य निर्विरोध भएका हुन् । १६२ जनाका लागि ३८२ जनाको उम्मेदवारी परेको थियाे ।
निर्विरोध निर्वाचितहरू :
आदिवासी जनजाति महिला
जोगमाया महतो
लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
टीकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
लिला राणा
बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
टंकप्रसाद शर्मा पौडेल
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
चिन घले
प्रदेश मजदुर (महिला)
संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
कृष्णबहादुर विके
जिल्ला भूगोल खुल्ला (मनाङ)
बाबुराम नेपाली
पेम्बा घले
जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
हेमेन्द्र शेरचन
जिल्ला भूगोल महिला (मुस्ताङ)
शर्मिला गुरुङ
लमजुङ जिल्ला भूगोल खुल्ला
प्रेमबहादुर घले
फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल महिला
लक्ष्मी अधिकारी
विष्णुमाया राना
जिल्ला लमजुङ दलित
नन्दराम विश्वकर्मा
संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
इन्द्रधारा विष्ट
संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
हरिकृष्ण श्रेष्ठ
जिल्ला भूगोल म्याग्दी
किरण सापकोटा
जिल्ला भूगोल दलित म्याग्दी
पुष्कर विक
जिल्ला भूगोल दलित मुस्ताङ
तिलक विक
लेखा समिति
मञ्जु केसी
रेखा पौडेल
सर्वसम्मतका लागि अन्तिम कसरतमा इञ्चार्ज विष्ट
नेकपा एमालेको प्रथम अधिवेशनमा मतदानबाट नेतृत्व चुन्ने करिब निश्चित छ । म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएर प्यानल नै खडा गरी प्रचारप्रसारमा लागेका छन् । उनीहरुकै नेतृत्वमा पदाधिकारी पनि चुनावी मैदानमा छन् ।
तर, एमाले गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट सहमतिका लागि उम्मेदवारहरुसँग छलफल गरिरहका छन् । उनले अध्यक्षसहितका उम्मेदवारलाई सँगै राखेर छलफल गराइराखेका छन् । इञ्चार्ज विष्ट सहमतिका लागि अन्तिम कसरतमा छन् ।
मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्य सचिवमा उठेका छन् । उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
आज मतदान भएन । सवा ५ बजेपछि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका थियो । तर निरन्तरको झरीका कारण सम्भव भएन र निर्वाचन समितिले रातिको समयमा मतदान राख्न चाहेन । बिहीवार बिहानदेखि मतदान सुरू गर्ने बुझिएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह