पोखरा । एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मध्यान्ह ११ः५५ बजेबाट सुरू मतदान जारी रहेको छ । निर्वाचन समितिका अनुसार पोखरा सभागृहमा साँझ ५ः३० बजेसम्म मतदान हुनेछ ।
प्रदेश कमिटीमा २७ जना निर्विरोध भइसकेका छन् । लेखा समितिका ७ जनामध्ये २ सदस्य निर्विरोध भएका हुन् । १६२ जनाका लागि ३८२ जनाको उम्मेदवारी परेको थियाे ।
अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी प्यानल नै खडा गरी मैदानमा छन् । निवर्तमान अध्यक्ष शर्मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारी स्थायी कमिटि सदस्य खगराज अधिकारी समूहका हुन् ।
मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्य सचिवमा उठेका छन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् । उपसचिवमा उम्मेदवारी दिएका अर्जुनकुमार सुनामले फिर्ता लिए ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
एक घण्टामै मतपरिणाम आउने
मतदान सम्पन्न भएको १ घण्टा पश्चात् नतिजा आउने निर्वाचन कार्यालयले जनाएकाे छ । मतदाताले मतदान केन्द्रमा उम्मेदवारको नाम लिष्ट, उम्मेदवारको प्रचार रहेका भिजिटिङ कार्ड लैजान पाउनेछैनन् । यसका अलावा मोबाइल, क्यामरा, लाइट लगायतका प्रज्वलनशील सामान लैजान निषेध गरिएको छ ।
पार्टी नीति विपरित हातहातमा प्यानल लिस्ट
नेकपा एमालेले प्यानलगत प्रतिष्पर्धालाई निषेध गर्दै यस्ता काम भए गरे कारबाही गर्ने भनेपनि मतदान सुरु भएसँगै प्यानलगत लिस्ट हात हातमा देखिएकाे छ ।
दुवै गुटका समर्थकले धमाधम गुटको लिस्ट मतदानस्थल बाहिर वितरण गरिरहेका छन् । लिस्ट वितरणले पोखरा सभागृहको गेटबाहिर एकछिन विवाद सिर्जना भयो ।
अध्यक्ष उम्मेदवार मायानाथ अधिकारीका समर्थकले प्यानल लिस्ट बाँड्दा नवराज शर्मा प्यानलका आदिवासी जनजाति कोटाका सदस्य उम्मेदवार हुमबहादुर गुरुङले खोसेर फालिदिएका थिए । उनले अनेरास्ववियुका युवाको घाँटी समातेका थिए । पछि ती युवाले गुरुङले भुइँमा फालिदिएको लिस्ट टिपेर हिँडे ।
यस्ताे छ प्यानल लिस्ट
नवराज शर्मा प्यानल


मायानाथ अधिकारी प्यानल

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु