इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् ।
आउँदै गरेका चाडपर्व लक्षित गर्दै सामसङ र वर्ल्डलिंकको सहकार्यमा अफर सार्वजनिक गरिएको हो । अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकले सामसङका सामग्रीमा साढे १५ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मेसिन खरिदमा पाउन सकिने छ । ८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मेसिन वर्ल्डलिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ ।
त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात् ८३ हजार ५०० रुपैयाँमै पाउन सकिनेछ । जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ । यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ ।

यस बाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
मोबाइलतर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट पश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
छुट लिन के गर्ने ?
यो छुट सुविधाका लागि वर्ल्डलिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वर्ल्डलिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ ।
उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ । यसअघि २६ सेप्टेम्बरमा कम्पनीले खल्तीसँगको सहकार्यमा वर्ल्डलिंकका ग्राहकहरूका लागि दुबई घुम्ने अफर ल्याएको थियो ।

सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’