पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० लाई सहयोग गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसँग यसै तयारी सम्बन्धमा आइतबार मुख्यमन्त्रीको कार्यकक्षमा भेटघाट गर्ने क्रममा पहिलेझैं सहयाेगको वचन दिएका हुन् ।
मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुने तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिएका हुन् । मञ्चका अध्यक्ष दीननाथ बरालले रातो कितावमै पोखरा स्पोर्टस्का लागि विनियोजन हुँदै आएको १० लाखको बजेटको योजना यस बर्ष हटेको मुख्यमन्त्री पाण्डे समक्ष जानकारी गराउँदै उक्त अवार्ड प्रदेशको पहिचान भएकोले बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
यस बर्ष पनि हुने उक्त अवार्डमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट खेल संघ संस्था तथा क्लवलाई अर्वाडको वितरण गरिने भएको छ ।
मञ्चको टोलीमा अध्यक्ष बराल सहित उपाध्यक्ष सुरज श्रेष्ठ, सल्लाहकार रञ्जन अधिकारी, पहिलो पोखरा स्पोर्टस् अवार्डका संयोजक सन्देश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, पत्रकार नविन सिग्देल, अमृतराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले खेलकुद मन्त्रालयसमेत सम्हालेकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडासंग समेत भेटघाट गरेको छ । टोलीसंगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले प्रदेश सरकारले गर्नुपर्ने काम मञ्चले गर्दै आएकोमा धन्यवाद दिदै पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न प्रदेश सरकार तयार रहेको बताइन् ।
रातो किताबमा उल्लेख भएको बजेट यस बर्ष कटौती भएको बिषयमा आफुहरु समेत अन्यौलमा भएको बताउँदै उनले खेलाडीहरुको प्रोत्साहन हुने कार्यक्रमलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिइन् । मञ्चका अध्यक्ष बरालले प्रदेशको गौरवको रुपमा पहिचान बनाएको उक्त अवार्डको बजेट कटौती हुनु निकै दुःख लाग्दो बिषय भएकोले बजेट व्यबस्था गर्न मन्त्री समक्ष समेत आग्रह गरेका थिए ।
उक्त मञ्चको टोलीमा अध्यक्ष बराल सहित महासचिव राजाराम पौडेल, सल्लाहकार रञ्जन अधिकारी, पहिलो पोखरा स्पोर्टस् अवार्डका संयोजक सन्देश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडीको सहभागिता रहेको थियो । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रको आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला