पोखरा । क्यान्सर अर्थात् अर्बुद रोगका बिरामीले निःशुल्क यातायात सेवा प्राप्त गर्ने भएका छन् । साथमा यात्रा गर्ने एक जनाले पनि निःशुल्क यात्र गर्न पाउनेछन् ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यो सेवा प्रदान गरेको हो । नेपाल अर्वुद रोग निवारण संस्था कास्की र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबीच सो सम्बन्धमा बिहीबार सम्झौता भएको हो ।
पोखरामा आयोजित समारोहमा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका तर्फबाट अध्यक्ष प्रेमबहादुर भुजेल र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीतर्फबाट योगेन्द्रबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताबमोजिम क्यान्सर प्रभावित र निजसँग यात्रा गर्ने १ जना व्यक्ति गरी २ जनाको परिचय आधारमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका देशभर चल्ने बसमा निशुल्क आवातजावत गर्न पाइनेछ । त्यसका लागि संस्थाले कार्ड उपलब्ध गराउने छ ।
उक्त कार्ड प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने छ । साथै, संस्थाका आजीवन सदस्यलाई भने संस्थाबाट प्राप्त परिचयपत्र आधारमा १५ प्रतिशतसम्म छुट दिइनेछ ।
कम्पनीमा आबद्ध महिला सदस्यलाई प्रत्येक २ वर्षमा एक पटक कम्पनीको सहकार्यमा भिआइए स्क्रिनिङ र बिएसई सेवा अर्वुद रोग निवारण संस्थाले प्रदान गर्नेछ ।
कम्पनीले गएको ३ वर्षदेखि अर्वुद रोग प्रभावित र आफन्त गरी २ जनालाई निशुल्क बस सेवा प्रवाह गर्दै आएकोमा अध्यक्ष भुजेलले आभार व्यक्त गरे । लोककल्याणकारी र सेवामूलक कार्यलाई निरन्तरता र थप प्रगाढ बनाउन पछिल्लो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन