तनहुं : सवारी दुर्घटना १ जनाको मृत्यु
मिति २०७५।०४।०८ गते ०७:५० बजेको समयमा जिल्ला तनहुं आबुखैरेनी गांउपालिका -२ मार्की चोक ड्याम स्थित पृथ्वीराजमार्गमा आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना ४ ख ५३५५ नम्वरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ग ६ प २९८७ नम्वरको मोटरसाईकल एक- आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला तनहुं मिर्लुङ बस्ने वर्ष २९ को मंजित गुरुङ घाइते भई उपचारको लागि छिम्केश्वरी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा तत्कलै प्रहरी टोली खटिगई दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ ।
पर्बत : करेन्ट लागि ६ जना घाइते
मिति २०७५।०४।०८ गते अन्दाजी १२:०० बजेको समयमा जिल्ला पर्बत मोदि गाउँपालिका ५ स्थित खोलाखेत भन्ने स्थानमा बिजुलिको ट्रान्समिटर पड्की नजिकका ४\५ घरमा क्षेति भएको र उक्त दुर्घटनामा ६ जना घाईते भएका छन् । घाइतेहरुहरुलाई उपचारको लागि जिल्ला अस्पताल पर्बतमा लगिएकोमा थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।
घाईते हुनेहरुमा
जिल्ला पर्बत मोदी गाउँपालिका ५ खोलाखेत बस्ने वर्ष ५२ को यम ब. परियार, सोहि स्थान बस्ने रुपा परियार, मनिषा परियार, पुतलि परियार, ममता परियार, विमल परियार ।
स्याङ्जा : लागुऔषध सहित पक्राउ
मिति २०७५।०४।०८ गते सादा पोशाकमा खटिएको प्रहरी टोलीले अन्दाजी १५: ०० बजेको समयमा जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका १ शहिदचोक स्थित सिद्वार्थ राजमार्गमा वालिङबाट पोखरातर्फ आउदै गरेको ग१ख ३१६५ न.को हाईसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउ पालिका-४ बस्ने वर्ष २६ को विश्वास गुरुङको साथबाट डाईजेपाम-९३(2ml),फेनरागन ९८(2ml) र नाम नखुलेको ९७(2ml) गरी जम्मा २०८ थान लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ परेका निज उपर थपअनुसन्धान भईरहेको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’