नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सेवाग्राही तथा कर्मचारीबाट कारोबार गर्दा गरिने नगद रकमलाई विद्युतीय भुक्तानी माध्यमबाट लिन सकिने गरी क्यूआर कोड सेवा यही सोमबारबाट सञ्चालनमा ल्याउने भएको छ ।
यससँगै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ/सुकिलो नोट लिँदा क्यूआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ«े बैंक लिमिटेडसँग सम्झौता गरी सो सेवा सञ्चालनमा ल्याएको हो । सो सम्झौतामा शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका तर्फबाट निर्देशक आर्या जोशी र माछापुच्छ«े बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख निलम गौतमले एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
वित्तीय कारोबारसँग सम्बन्धित भुक्तानीलाई नगदको सट्टा सबल, सक्षम, सुरक्षित र भरपर्दो विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकले विगत केही वर्षदेखि नीतिगत, प्रवद्र्धनात्मक एवम् संरचनागत व्यवस्था गर्दै आएको सन्दर्भमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्यूआर कोड मार्फत् सेवा सञ्चालन गर्दा सो व्यवस्थालाई थप टेवा पुग्ने देखिएकोले सो व्यवस्था शुरु गरिएको निर्देशक जोशीले बताइन् ।
विद्युतीय भुक्तानीका विभिन्न उपकरणहरुमध्ये ग्राहकहरुले मोवाईल एप वा मोवाईल वालेट प्रयोग गरी क्युआर स्क्यान मार्फत् गरिने भुक्तानी नेपालमा अत्याधिक प्रयोगमा आएकोले सो समेतलाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले क्युआर माध्यमलाई रोजेको उनको भनाई छ ।
साथै, विजया दशमीको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा यसपाली असोज २९ गतेदेखि सर्वसाधारणलाई लक्षित गरी प्रति व्यक्ति रु. ५ देखि रु. १०० सम्मको १/१ प्याकेट (१८,५०० बराबरको) नोट सटही गर्ने व्यवस्था मिलाइएको र यसमा सम्भव भएसम्म क्यूआर कोड बाट सटही गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरिएको निर्देशक जोशीले जानकारी दिइन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु