साहसिक खेल प्याराग्लाइडिङ अन्ततः आइतबारदेखि तोरीपानीबाट सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै पोखरा–१८ को तोरीपानीबाट करिब ४ किलोमिटर टाढाको दूरी पोखरा–२४ को मान्द्रेढुंगाबाट स्थानान्तरण भई सञ्चालन गरिएको प्याराग्लाइडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट सुरु भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए ।
जनवरी १ देखि विगत साढे नौ महिनासम्म स्थानान्तरण भएको प्याराग्लाइडिङ पहिलाको स्थानमा आएसँगै प्याराग्लाइडिङ व्यवसायमा थप केही आशा जगाएको व्यवसायीहरू बताउछन् । घटस्थापनाको दिनदेखि पुरानै स्थान तोरीपानीबाट प्याराग्लाइडिङको उडान हुने भएपछि उक्त क्षेत्रमा मर्मत–सम्भार एवं सरसफाइ गरिएको थियो ।
अब आफूहरूलाई पोखराको आकाशमा पहिलाको तुलनामा केही बढी क्षेत्र प्राप्त गरेसँगै अब ल्यान्डिङको विषयमा पनि पहिलाकै स्थान खपौदीमा ल्यान्डिङका लागि माग गरिएको उनले बताए । आफूहरूले हाल अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङको उडान भर्ने स्थल बनाउने गरी कार्पेटसमेत बिच्छ्याउने गरी काम गरेको अध्यक्ष भट्टराईले बताए ।
करिब ८ लाख रुपैयाँको लागतमा उक्त मर्मत–सम्भार एवं सरसफाइ र कार्पेट बिच्छ्याउने काम गरिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण हाल पोखरामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएको छ । आफूहरूले क्यानसहित पर्यटन विभाग तथा मन्त्रालयहरूमा पोखराबाट सोलो प्याराग्लाइडिङ गर्नेसमेत अनुमति माग गरेको अध्यक्ष भट्टराईले जनाए ।
पोखरामा फस्टाउँदै आएको साहसिक खेल प्याराग्लाइडिङ स्थानान्तरण भएसँगै हिजोआज करिब पाँच गुणाले खस्केको व्यवसायीहरूको गुनासो छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपूर्व पोखराबाट दैनिकजसो ५ सय आन्तरिक तथा बाह्य पर्यटकहरूले प्याराग्लाइडिङ गर्दै आए पनि हाल स्थानान्तरण भएसँगै हिजोआज भने पहिलाको तुलनामा ५ गुणाले घटेर १ सय जनाको हाराहारीमा पुगेको निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले दाबी गरे ।
पोखरा–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले प्याराग्लाइडिङ उडान गर्दा हाल १२ हजार रुपैयाँ लिनुले यसको क्रेज घट्दो रूपमा रहेको दाबी गरे । खेलकुद संस्थाका महासचिव खेमराज आचार्यले हाल पोखरा क्षेत्रमा ६२ वटा प्याराग्लाइडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिलासहित ३ सय ९९ जना प्याराग्लाइडिङ पाइलट रहेको बताए । पोखरामा सिकारु प्याराग्लाइडिङ पाइलटलाई समेत अनुमति दिनुपर्ने व्यवसायीहरूको माग छ ।
सम्बन्धित समाचारः
पोखरामा प्याराग्लाइडिङ पुरानै स्थानबाट सञ्चालन हुने, मान्द्रेढुङ्गा अपायक
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार