पोखरा महानगरपालिका वडा नं. २८, सौर्यकी डिलु खनालले पालेको खसी सबैभन्दा अब्बल सावित हुँदै १० हजार जितेको छ । दसैँको अवसरमा पोखरा महानगरले सौर्यमा खसीबोका प्रदर्शनी र बिक्री कार्यक्रम गरेको थियो । डिलुले पालेको खसी गाउँभरिमै सबैभन्दा अब्बल साबित भएको । उक्त खसी ३० धार्नी अर्थात ७५ किलोको थियो ।
पोखरा २८ सौर्यमा मंगलबार किसानले पालेका खसीबोकाको प्रदर्शनी र बिक्री गरिएको हो । यो वर्ष १ सय ७५ खसीबोका किसानले बजारमा प्रदर्शनीका लागि ल्याएका थिए ।
स्थानीय प्रकाशरमण अधिकारी दोस्रो, बुद्धीबहादुर तिम्सिना तेस्रो र नारायण लामिछाने सान्त्वना भए । उनीहरुलाई नगद १० हजार, ८, ६ र ४ हजार पुरस्कार दिइएको छ । प्रदर्शनीमा एकै घरबाट ५ भन्दा बढी खसीबोका ल्याउनेलाई पनि पुरस्कार प्रदान गरिएको छ । १२ जना त्यस्ता किसानलाई जनही २ हजारका दरले प्रोत्साहन रकम दिइएको हो । खसीबोका ल्याउने सबै किसानले नगद १ हजार पाएका छन् । सर्वोत्कृष्ट भएकी किसान डिलुले ४३ वटा बाख्रा पालेकी छिन् ।
पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालित छ । महानगरका वडाहरू वडा नं.१९,२०,२१,२४,२५ र २८ मा यो कार्यक्रम सञ्चालन लागु गरिएको छ । यस अन्तरगत विभिन्न प्रजातिका ७२ हजार बाख्राहरू कृषकको खोरमा रहेका छन् ।

वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले कृषकहरूको हौसला बढाउँदै उनीहरूलाई अनुदान, प्रोत्साहन र लगानी सुरक्षणका गतिविधिहरूमा आफूहरू लागिरहेको बताए । वडाका कृषियोग्य भूमिहरूको पूर्ण उपयोग र सम्भावित पशुपालनमा कृषकहरूसँग हातेमालो गरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । वडाका कृषकहरूले पालेका खसीबोकाहरु ग्रामीण वातावरणमा हुर्किएका स्वस्थ भएकाले यसको बजारीकरणमा आवश्यक व्यवस्थाका लागि पहल गरिरहेको अध्यक्ष लामिछानेले बताए ।
मंगलबार प्रदर्शनीसँगै ६० वटा खसीबोका बिक्री समेत भएको छ । कार्यक्रममा मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति सम्भव नहुने भएकोले पोखरा महानगरले किसानलाई उत्साही बनाउने कार्यक्रममा जोड दिएको बताए । उनले अर्को वर्षदेखि पोखराभरिका किसानका खसी बोका प्रदर्शनी केन्द्रमा प्रदर्शनका लागि व्यवस्था मिलाइने बताए ।

‘कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५/८० केजी सम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो,’ प्रमुख आचार्यले भने, ‘गतवर्षदेखि नै हामीले विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरी ४४ लाख बढी अनुदान कृषकहरूलाई वितरण गरिसकेका छौँ ।’ पैसा बाँडेर हुन्छ, भन्नेहरूका लागि यो एक आश्चर्यको विषय बनेको प्रमुख आचार्यले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो