पोखरा महानगरपालिका वडा नं. २८, सौर्यकी डिलु खनालले पालेको खसी सबैभन्दा अब्बल सावित हुँदै १० हजार जितेको छ । दसैँको अवसरमा पोखरा महानगरले सौर्यमा खसीबोका प्रदर्शनी र बिक्री कार्यक्रम गरेको थियो । डिलुले पालेको खसी गाउँभरिमै सबैभन्दा अब्बल साबित भएको । उक्त खसी ३० धार्नी अर्थात ७५ किलोको थियो ।
पोखरा २८ सौर्यमा मंगलबार किसानले पालेका खसीबोकाको प्रदर्शनी र बिक्री गरिएको हो । यो वर्ष १ सय ७५ खसीबोका किसानले बजारमा प्रदर्शनीका लागि ल्याएका थिए ।
स्थानीय प्रकाशरमण अधिकारी दोस्रो, बुद्धीबहादुर तिम्सिना तेस्रो र नारायण लामिछाने सान्त्वना भए । उनीहरुलाई नगद १० हजार, ८, ६ र ४ हजार पुरस्कार दिइएको छ । प्रदर्शनीमा एकै घरबाट ५ भन्दा बढी खसीबोका ल्याउनेलाई पनि पुरस्कार प्रदान गरिएको छ । १२ जना त्यस्ता किसानलाई जनही २ हजारका दरले प्रोत्साहन रकम दिइएको हो । खसीबोका ल्याउने सबै किसानले नगद १ हजार पाएका छन् । सर्वोत्कृष्ट भएकी किसान डिलुले ४३ वटा बाख्रा पालेकी छिन् ।
पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालित छ । महानगरका वडाहरू वडा नं.१९,२०,२१,२४,२५ र २८ मा यो कार्यक्रम सञ्चालन लागु गरिएको छ । यस अन्तरगत विभिन्न प्रजातिका ७२ हजार बाख्राहरू कृषकको खोरमा रहेका छन् ।

वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले कृषकहरूको हौसला बढाउँदै उनीहरूलाई अनुदान, प्रोत्साहन र लगानी सुरक्षणका गतिविधिहरूमा आफूहरू लागिरहेको बताए । वडाका कृषियोग्य भूमिहरूको पूर्ण उपयोग र सम्भावित पशुपालनमा कृषकहरूसँग हातेमालो गरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । वडाका कृषकहरूले पालेका खसीबोकाहरु ग्रामीण वातावरणमा हुर्किएका स्वस्थ भएकाले यसको बजारीकरणमा आवश्यक व्यवस्थाका लागि पहल गरिरहेको अध्यक्ष लामिछानेले बताए ।
मंगलबार प्रदर्शनीसँगै ६० वटा खसीबोका बिक्री समेत भएको छ । कार्यक्रममा मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति सम्भव नहुने भएकोले पोखरा महानगरले किसानलाई उत्साही बनाउने कार्यक्रममा जोड दिएको बताए । उनले अर्को वर्षदेखि पोखराभरिका किसानका खसी बोका प्रदर्शनी केन्द्रमा प्रदर्शनका लागि व्यवस्था मिलाइने बताए ।

‘कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५/८० केजी सम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो,’ प्रमुख आचार्यले भने, ‘गतवर्षदेखि नै हामीले विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरी ४४ लाख बढी अनुदान कृषकहरूलाई वितरण गरिसकेका छौँ ।’ पैसा बाँडेर हुन्छ, भन्नेहरूका लागि यो एक आश्चर्यको विषय बनेको प्रमुख आचार्यले बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’