काठमाडौं। कुटपिट गरी भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले एक रेष्टुरेन्टका संचालक सहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाण्डौ महानगरपालिका -२७ ठमेलस्थित ‘वाल्डो’ होटलमा बस्दै आएका दुई जना भारतीय नागरिकको नगद लुटपाट गर्ने माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासहित तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतीय नागरिकलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटलबाट ट्याक्सीमा माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गर्न लगाएको खुलेको छ।
आफूहरू लुटिएको भन्दै प्रहरीमा उजूरी गरेपछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलिले लामासहितको टोलीलाई बालाजु चोकबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट बा ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्ड वरामद गरेको छ ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो