नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौ साधारणसभा तथा विधान अधिवेशन सम्पन्न गरेको छ ।
विधान अधिवेशन मार्फत् विधान संशोधनसहित जिल्ला शाखा तथा समन्वय शाखा गठन सम्बन्धमा, सदस्यता प्रदान, शुद्धिकरण, नविकरण लगायतका विषयमा मापदण्ड बनाइएको छ ।
विधान संशोधन समितिका संयोजक एवं मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको छ । विधान संशोधन समितिका सदस्यहरुमा निवर्तमान महासचिव विजय नेपाल र साधारण सदस्य ढाकामोहन बराल (गणेश) रहेका थिए ।
विधान शंसोधन पश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल तीन वर्षबाट दुई वर्षमा छोटिएको छ । यसैगरी, सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएको छ । यी लगायत केही विधान र मापदण्ड विधान अधिवेशनबाट संशोधन गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए ।
यसैगरी, गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा खेल पत्रकारको संख्या उल्लेख्य रहेका जिल्लामा शाखा गठन र अन्यमा समन्वय समिति बनाइने भएको छ । मञ्च गण्डकीमा हाल खेलकुद बिटमा काम गर्ने ७४ जना पत्रकार आवद्ध छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५७ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्की विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।

खेल क्षेत्रमा व्यापारीकरण हुन दिनु हुँदैनः मन्त्री सिंखडा
यसअघि साधारणसभाको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गरिन् । उनले खेल क्षेत्रमा व्यापारीकरण हुन नहुनेमा जोड दिइन् । मन्त्री सिंखडाले नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डमा बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यहरुमा परिषदले सहकार्य गर्ने बताए ।
मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउदै आएको बजेट कटौती गरेकोमा गुनासो गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरी प्रसाद पराजुली, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बोलेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।
मञ्चको बन्दसत्रले महासचिव राजाराम पौडेलले पेश गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष कविता घर्तीमगरले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरिएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा