नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा देशैभर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएपनि थप अपडेट दिइसकेको छैन ।
अमेरिका जियोलोजिकल सर्भे (यूएसजीएस)ले भने नेपालको जुम्ला जिल्लाबाट ४२ किलोमिटर दक्षिण केन्द्रबिन्दु बनाएर १७.९ किमि गहिराइमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का काठमाण्डौ, पोखरा लगायतका देशका विभिन्न भागमा महसुस गरिएको छ । रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।
भारत र चीनका केही क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

थप अपडेटः
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको ढिलाे गरी पुष्टि गरेका छन् ।
भूकम्पबाट जाजरकोट, जुम्लासहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट डाउन छ । सरकारी संयन्त्रको https://www.seismonepal.gov.np/ वेबसाइट डाउन हुँदा समयमै सूचना पाउन नसकेको अवस्था छ ।
भूकम्पको धक्का कत्रो थियो भन्नेबारे फरक फरक विवरणहरु आइरहेका छन् । कतिपय विवरणमा ६ दशमलव २ रेक्टर स्केल बताइएको छ भने कतिपयमा ५ दशमलव ९ रेक्टर स्केल देखाइएको छ । कतिपय विवरणहरुमा ५ दशमलप ६ देखाइएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु