सुर्खेत । भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन् । भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ । दसैंपछि एलिनाले भाइलाई समेत आफैसँग राखेकी थिइन् ।
एलिना सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरकी विद्यार्थी थिइन्। उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो ।
चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) मा सिफारिस भएकी हुन् । पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन् ।
भाइ सहित नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा मृत्यु भएको हो । ७ कात्तिकमा दसैँ मान्न घर पुगेकी उनी चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन् । उनले दसैँ–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् ।
एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक हुन् । उनका सहोदर बुवाको मृत्यु भएपछि एलिनाकी आमाले दोस्रो विवाह गरेकी थिइन् । पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले बताए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’