जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।
भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन
मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनिएको हो । काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।
शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’