ब्राउन सुगरसहित पोखराका कौशल, प्रशान्त र अनिस पक्राउ

ब्राउन सुगरसहित पोखराका कौशल, प्रशान्त र अनिस पक्राउ

bs p

पोखरामा लागूऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २१, कश्यारघाटमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार तीन जना युवालाई लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा पोखरा महानगर वडा नं. १७ बस्ने २१ वर्षीय कौशल पुन मगर, पोखरा वडा नं. १३, बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा वडा नं. २१ बस्ने २१ वर्षीय अनिस सुनार प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds