पोखरा महानगरपालिकाभित्र बाहिरबाट सयपत्री फूलमाला आयातमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले स्थानीय उत्पादन सयपत्री फूलको मूल्य पनि तोकेको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, कृषि सञ्जाल, सयपत्री फूल उत्पादक कृषक र वितरकको संयुक्त बैठकले सयपत्री फूलको दररेट निर्धारण गरिएको जनाएको छ ।
फूलको ग्रेडिङ अनुसार फरक मूल्य निर्धारण गरेको महानगरको आर्थिक विकास महाशाखाले जनाएको छ । ‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ । ‘ए’ ग्रेडको थुंगा १५ देखि २० ग्रामको हुनेछ ।
१० देखि १५ ग्राम तौल भएको थुुंगालाई ‘बि’ ग्रेडमा वर्गीकरण गरिएको छ । प्रति थुंगाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।
५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुंगालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोकिएको मूल्य बढीमा बेचे कारबाही गरिने भएको छ ।
पोखरा महानगरपालिकाले सघाएर १६० किसानले सयपत्री फूलखेती गरेका छन् । ४० बढी नर्सरीले पनि फूलखेती गरेका छन् । पोखरामा झन्डै ३ सय रोपनी क्षेत्रफलमा सयपत्री खेती भएको छ ।
यस पटक तिहारमा पोखराकै फूलमाला उपयोग गरिने भएको हो । गत वर्ष तिहारको दिन १ हजार भन्दा माथि १२ सय, १५ सयसम्ममा तयारी माला किन्नुपर्दा उपभोक्ता मारमा परेका थिए ।

सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो