म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ।
धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए। “उपन्यास पढेर धौलागिरीको जनजीवन बुझ्न सघाउ पुग्ने छ भन्ने विश्वास लिएको छु। धौलासिरी पहिला बुढापुकाले भन्ने गरेको रैथाने नाम अहिले धौलागिरी भएको छ। धौलागिरीबारे अरू थुप्रो कुराहरू बुझ्न किताबले सघाउने अपेक्षा लिएको छु,” उनले भने, “अरू कुरा त पाठकहरूले किताब पढीसकेपछि प्रतिक्रिया दिनुहुने नै छ।”
किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो। पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन्। किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा