पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ ।
यहि मंसिर ७ गते देखि १६ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यता तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ वटा विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ ।
सो अनुसार तिलक बहादुर अधिकारीको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा कृष्ण तिमिल्सिना सह–संयोजक र सदस्यहरुमा किरण भुजेल, सूर्य मोहन आचार्य, रामजी प्रसाद अधिकारी र दिपक आचार्य रहेका छन् । स्वयं सेवक तथा यूवा परिचालनको संयोजकमा भिम पराजुली सह–संयोजकमा केशव बहादुर थापा र सदस्यहरुमा सोभित परियार, महेश अर्याल र भविराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।
त्यसै गरि आवश तथा यातायत व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण तिमिल्सिना, प्रविधिक व्यवस्थापनको संयोजकमा शक्ति गौचन, मञ्च व्यवस्थापनको संयोजकमा धिरज श्रेष्ठ, सदस्यहरुमा मुन्नी खातुन र सुन्दर श्रेष्ठ, प्रचार प्रसार संयोजकमा केशव पाठक र सहसंयोजमा कञ्चन थापा, शान्ती शुरक्षाको संयोजकमा मिम पराजुली, सांस्कृतिक उपसमितिको संयोजकमा नारायण पाण्डे रहेका थिए ।
यस्तै अनुगमन तथा अनुशासन व्यवस्थापन उपसमितिको संयोजकमा मोहन रेग्मी, संघसंस्था समन्वयमा गिरमान गुरुङ, केशव बहादुर थापा र सूर्य मोहन आचार्य, अतिथी सत्कारको संयोजकमा मनिषा गुभाजु र सह संयोजकमा कञ्चन थापा, प्रथामिक उपचार संयोजकमा रमेश राज भण्डारी, मैदान व्यवस्थापन उपसमितिमा कृष्ण तिमिल्सिना, विजय भुजेल, ऋषीकेस शर्मा, लक्ष्मण गुरुङ र प्रदिप प्रजुलाई जिम्मेवारी दिइएको छ ।
प्रथम केपी ओली राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा तीन विभागिय टोलीसहित सात प्रदेश तथा एकेडेमीको तर्फबाट दुई युवा टिम गरि कुल १२ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले नगद रु ५ लाख र उपविजेताले नगद रु २ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने आयोजकले जनाएको छ ।
एकेडेमीका अध्यक्ष आचार्यले प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गरेका छन् । उनले भने–“हामी निरन्तर खेलकुदको विकास, यूवा खेलाडी उत्पादन र खेलाडीहरुको हितका सवालमा आफ्ना योजना अघि सारेका छौं । यहि योजना अनुरुप नै यो प्रतियोगिताको तयारी हो । यो प्रतियोगिता सफल बनाउन एकेडेमीको तर्फबाट म सबैलाई आग्रह गर्छु ।” यो प्रतियोगिताले खेलकुदको विकास संगै खेल पर्यटन मार्फत पोखराको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी