दिदीबहिनी नभएका तथा मनाउन जान नपाउनेका लागि पोखरा महानगरले नै यहाँ भाइटीका लगाउने व्यवस्था गरेको छ ।
महानगरका अधिकृत लोकदर्शन कोइरालाका अनुसार विभिन्न परपस्थितिले घर परिवारवाट टाढा हुनु परेका, आफ्नै दिदीबहिनी नभएका साथै चाडपर्व मनाउन ईच्छुक तर विविध कारणले मनाउन नपाएकाका लागि पोखरा ११ रामघाटस्थित गिता मन्दिर भाइटीकाका दिन सामूहिक टीका कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विभिन्न संघ संस्था, नागरिक समाजसंग समन्वय गर्दै पोखरा महानगरपालिकाको व्यवस्थापनमा परम्परागत संस्कृतिको जगेर्ना हुने गरि मौलिक रुपमा आयोजित सामुहिक भाईटिका ग्रहण कार्यक्रममा सहभागी भैदिन महानगर प्रमुख धनराज आचार्यले आग्रह गरेका छन् ।
सहभागिताका लागि नाम टिपाउन पनि महानगरले आग्रह गरेको छ । नाम प्राप्त भएपछि सोहि अनुसार टीका, माला, भाइमसला लगायतका सामाग्रीका लागि सहज हुनेछ ।
पञ्चकन्याले भाइटीका लगाइदिने तयारी भएको छ । भाइटीका कार्यक्रम साइत १०ः५१ देखि दिउसो २ बजेसम्म तय भएको छ ।
सम्पर्कका लागि अधिकृत लोकदर्शन कोइरालालाई ९८४६०२०१७६ र कृष्ण केसीलाई ९८५६०३९९६६ मा फोन गरी नाम टिपाउन सकिनेछ ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी