गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राती घर जल्दा डढेर आमा छोराको मृत्यु भएको छ।
७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षीय छोरा चमारसिँह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीकहाँ भोलिपल्ट मात्र खबर पुगेको प्रहरीले जनाएको छ । वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राती १० बजे खबर आएको र खबर आएलगत्तै त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको बताए ।
गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन करिव डेढ घण्टा जस्तै लागेको र आगो नियन्त्रणमा आएपछि घरभित्र पस्दा दुबै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको उनले बताए ।
चिसोका कारण न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
फेवातालको सीमांकन सकिन लाग्योः मेयर आचार्य
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो
गोरखाका पाँच पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग