पोखरा । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।
२२ वर्षिय सन्तोषको मंगलबार राती अन्दाजी ११ बजे दुर्घटनामा परेर निधन भएको । सन्तोष वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागी भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किरहेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रदेश भलिबलका कोषाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।
उनी चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका थिए । भलिबलका ओपन स्पाइकर थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा निरन्तर सहभागी थिए ।
उनले करिब एक वर्ष शसस्त्र प्रहरीको एपिएफ क्लवबाट समेत खेलेका थिए । “उनी सम्भावना भएका खेलाडी थिए । हामीले गण्डकीको एक उत्कृष्ट खेलाडी गुमाउन पुग्यौं,” कोषाध्यक्ष भण्डारीले भने–“उनको निधनले एक युवा खेलाडीको अभाव खड्किने छ ।”
करिव ६/७ महिना अघि मात्रै बिबाह बन्धनमा बाँधिएका सन्तोषको श्रीमती, बुवा आमा छन् ।
यसैबीच, प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल भलिबल संघका सचिव श्रीधर शर्माले सन्तोषको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्–“उनको असमायिक नधिन प्रति म भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । साथै उनको परिवारमा समवेदना प्रकट गर्दछु । एक युवा भलिबल खेलाडीको निधनले गण्डकी प्रदेशको भलिबलका लागि अपुरणिय क्षती पुगेको छ ।”
बिहिबार गण्डकीमा हुने सबै भलिबल खेल स्थगित
मोटरसाइकल दुर्घटनामा निधन भएका भलिबलका राष्ट्रिय खेलाडी थापाको सम्मानमा बिहिबार गण्डकी प्रदेश भित्र हुने भलिबल प्रतियोगिताहरु स्थागित हुने भएका छन् ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थगित गर्ने जनाएका हुन् । उनले भने–“प्रदेशको भलिबलले ठूलो क्षती व्यहोरेको छ । एक उत्कृष्ट यूवा खेलाडी हामीले गुमाउन पुगेका छौं । म उनको निधन प्रति प्रदेश भलिबल संघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामी उनको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थागित गर्न पोखरा स्पोर्टस मार्फत आह्वान गर्दछौं ।”
सन्तोषको भोलि बिहिबार स्याङजा चापाकोटस्थित कालीगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको संघका महासचिब टहल सिंह थापा मगरले जानकारी दिएका छन् । उनलाई श्रद्धाञ्जली दिनु अघि उनको सम्मानमा पार्थीव शरिरमा प्रदेश भलिबल संघको झण्डा ओढाइने भएको उनले जनाए ।
श्रोतः पोखरा स्पोर्टस्
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ