पोखरा । पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।
प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो ।
खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।
मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।
प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् । यसै गरि हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ ।
मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।


सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन