इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी हालसम्म पनि सम्पर्क विहिन नै रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
इजरायल तेल अभिभस्थित नेपाली दूतावासले प्यालेस्टाइनको विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएको पुष्टि भएपनि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ।
‘हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको छ। तर, जोशीको पछिल्लो अवस्थावारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा जनाएको छ।
गत असोज २० गतेदेखि विपिन वेपत्ता रहेका छन् । हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।
केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुशल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीसँग आग्रह गरेको थियो।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो