नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउने पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोली पठाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा एक हजार वटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक हुनेछन् । पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डाँगी लगायत छन् ।
जाजरकोटको नलगाड नरगपालिका पौडेलले मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने बताए । नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको उनको भनाइ छ । जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुने छन् । पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाए करिब एक सातापछि काठमाडौँ फर्किने छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’