फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को खेलमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो। यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो। दुवै गोल सब्सिच्युट खेलाडीले गर्दा दशरथ रंगशालामा उपस्थित १३ हजार ७ सय दर्शक स्तब्ध बनेका थिए।
यमनका लागि ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे। उनले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई छक्काउँदै गरेको प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले रोक्न सकेनन्।
खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे। दोस्रो हाफमा नेपालका हिसुब थपलियाले गोल गर्ने अवसर पाए पनि उनको प्रहारलाई यमनका गोलकिपरले रोकेका थिए। त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो। यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।
फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३ औं स्थानमा छ। दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो