पोखराको नागढुंगास्थित एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ।
पोखरा नागढुंगा स्थित युनिक होटलमा बास बसेकी तनहुँ भिमाद स्थायी घर भएकी ३८ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी सोही स्थान नजिकैको शिला रेष्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार बुधबार बिहान होटलकी संचालिकाले शिलालाई अचेल अवस्थामा देखेकी थिइन् । तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । होटलमा सिसिटिभी पनि जडान नरहेको र घटना संकास्पद भएकाले ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक, मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हाल शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ ।
होटल सञ्चालकले प्रहरीसामू महिलाले नै केटाको नाम, नम्बर टिपाएको बयान दिएको श्रोतले बतायो । होटल रूम भित्र जुस र रेडबुल खाएको अवस्थामा भेटिएको छ ।
यद्यपी प्रहरीले भने युवकसँग होटलमा गएको बारे पुष्टि नभइसकेको र अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन