बिराटनगरको प्रतिष्ठित उद्योग अन्नपूर्ण केबल्स ईण्डस्ट्रिज प्रा.लि. सम्मानित भएको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले १२ औं कर दिवस तथा कर सप्ताह समापनका अवसरमा ईण्डस्ट्रिजलाई उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेकोमा कदर स्वरुप सम्मानपत्र प्रदान गरेको हो ।
अन्नपूर्ण केबल्स इन्डस्ट्रिजले.आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिरेको हो
कार्यालयका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी आयकर दाखिला गरेकोमा खुशी व्यक्त गर्दै यसले राष्ट्रलाई ठूलो योगदान दिएको बताए । सबै उद्योग, व्यवसाय करको दायरामा आउनुपर्ने बताउँदै उनले नियमित कर तिरेमा आर्थिक पारदर्शितासँगै व्यापार व्यवसायमा सहजता हुने पनि उल्लेख गरे ।
बजारमा सबैभन्दा बढी विश्वाशिलो र खपत हुने राठी ब्राण्डको केबल अन्नपूर्ण केवल्स इन्डस्ट्रिज प्रा.लि. कै उत्पादन हो ।

कर सप्ताह सुरु भएकै पहिलो करदाता तेजप्रसाद पौडेल सम्मानित भएका थिए । त्यसपछि साताभर विविध कार्यक्रम गरी कर सप्ताह मनायो ।
करदाता सेवा कार्यालय पथरीसँगको सहकार्यमा मंसिर ५ गते मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम, नेपाल चार्टड एकाउन्टेन्ट संस्था मोरङसँगको सहकार्यमा मंसिर ६ गते विराटनगरमा करदाता तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’