बिराटनगरको प्रतिष्ठित उद्योग अन्नपूर्ण केबल्स ईण्डस्ट्रिज प्रा.लि. सम्मानित भएको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले १२ औं कर दिवस तथा कर सप्ताह समापनका अवसरमा ईण्डस्ट्रिजलाई उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेकोमा कदर स्वरुप सम्मानपत्र प्रदान गरेको हो ।
अन्नपूर्ण केबल्स इन्डस्ट्रिजले.आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिरेको हो
कार्यालयका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी आयकर दाखिला गरेकोमा खुशी व्यक्त गर्दै यसले राष्ट्रलाई ठूलो योगदान दिएको बताए । सबै उद्योग, व्यवसाय करको दायरामा आउनुपर्ने बताउँदै उनले नियमित कर तिरेमा आर्थिक पारदर्शितासँगै व्यापार व्यवसायमा सहजता हुने पनि उल्लेख गरे ।
बजारमा सबैभन्दा बढी विश्वाशिलो र खपत हुने राठी ब्राण्डको केबल अन्नपूर्ण केवल्स इन्डस्ट्रिज प्रा.लि. कै उत्पादन हो ।

कर सप्ताह सुरु भएकै पहिलो करदाता तेजप्रसाद पौडेल सम्मानित भएका थिए । त्यसपछि साताभर विविध कार्यक्रम गरी कर सप्ताह मनायो ।
करदाता सेवा कार्यालय पथरीसँगको सहकार्यमा मंसिर ५ गते मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम, नेपाल चार्टड एकाउन्टेन्ट संस्था मोरङसँगको सहकार्यमा मंसिर ६ गते विराटनगरमा करदाता तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन